अमेरिकी जिप कम्पास अब १५ लाख १८ हजार डाउन पेमेन्टमा  नेपालमा

३ बर्ष अगाडि

अमेरिकी उत्पादन जिप कम्पास किन्न चाहने ग्राहकले अब नेपालमा १५ लाख १८ हजार डाउन पेमेन्टमा पाउने भएका छन् । 

अमेरिकी एसयूभी एक्सपर्ट जीपको आधिकारीक वितरक लाइफ अटोमोवाइलले नेपाली ग्राहकका लागि यस्तो अफर ल्याएको हो । 

कम्पनीले यो अफर  ‘कम्पास स्पोर्टस प्लस’ भेरियन्टमा मात्रै उपलब्ध हुने छ । 

लकडाउन पछि गाडी किन्न चाहनेलाई डाउन पेमेन्टमा सहजता ल्याउन कम्पनीले कम्पासको इन्ट्री लेवल भेरियन्ट ‘कम्पास स्पोर्टस प्लस’मा यस्तो स्कीम ल्याएको जनाएको छ । एसयूभी एक्सपर्ट जीपको उत्पादन नेपालमा आएको २ वर्ष पुरा भएको छ ।

जीप कम्पासको स्पोर्टस भेरियन्टका विशेषताहरु :

– १.४ लिटरको मल्टिएयर टर्बो पेट्रोल इन्जिन 

– १६० ब्रेक हर्स पावर तथा २५० एनएमकोे टर्क जेनरेट गर्ने 

– अफरोड गाडी निर्माणमा आफ्नो छुट्टै पहिचान बनाउन सफल 

– जीपको पहिलो भारतीय उत्पादन कम्पासको ग्राउण्ड क्लियरेन्स २०६ एमएम 

– पाँच जना यात्रुले आरामदायी यात्रा गर्न सकिने 

– एसयूभीमा ६० लिटर क्षमताको फ्युल ट्याङ्क 

– लामो यात्रामा धेरै लगेज बोक्न मिल्ने ४३८ लिटरको विशाल बुट स्पेस 

– सुरक्षाका लागि यस अगाडिको दुबै साइडमा एयरव्याग, पछाडिका प्यासेन्जरको लागि पनि एयरव्याग 

– एबीएस, इबीडी, ब्रेक असिस्ट, हिल असिस्ट, इलेक्ट्रोनीक स्टेबिलिटी प्रोगाम, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचरले यसलाई निकै सुरक्षीत

– जीप कम्पासमा टिल्ट र टेलिस्कोपिक दुबै तरिकाले एडजस्ट गर्न मिल्ने स्टेरिङ 

– स्टेरिङ माउन्टेड अडियो कन्ट्रोल, इलेक्ट्रीकल्ली एडजस्टेवल रियर भ्यू, हाइट एडजस्टेबल ड्राइभर सिट, फ्रन्ट तथा रियर आर्मरेस्ट, किलेस इन्ट्री 

– आरामदायी यात्राको लागि एयर कन्डिसन, हिटर जस्ता फिचर उपलब्ध 

३ बर्ष अगाडि

प्रतिक्रिया