क्वारेन्टिनका युवकको निधन, रिपोर्ट आउन बाँकी

सोमबार, ०१ भदौ २०७७, ११ : ५४

सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । 

भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका सूर्योदय– ९ घर भएका ती पुरुषको गए राति मृत्यु भएको हो ।
   
स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजेदेखि नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले उनको उपचार गरेका थिए । उनको गएराति ११ः ५ बजे मृत्यु भएको सूर्योदय नगरपालिकाले जनाएको छ । 

 गत २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइए पनि उनको रिर्पोट भने आउन वाँकी स्वाब सङ्कलन गरेको  स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए । 

युवकलाई छाती दुख्ने, ज्वरो आउने र सास फेर्न समस्या भएको थियो । अहिले शव व्यवस्थापन गर्ने तयारी हुँदै रहेको नगरपालिकाले जनाएको छ । 
 

सोमबार, ०१ भदौ २०७७, ११ : ५४

प्रतिक्रिया