मलामी गएका एक युवक महाकालीमा बेपत्ता

सोमबार, ०१ भदौ २०७७, २२ : ०६

मलाम गएका एक युवक महाकाली नदीमा बगेर बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका–९ बस्ने आफन्तको आज मलाम गएका वेदकोट नगरपालिका–७ गाउजीका अन्दाजी १७ वर्षीय जनक साउद महाकालीमा बेपत्ता भएका हुन् ।
 
अन्तिम संस्कारमा सहभागी भई नुहाउन जाँदा  उनी नदीको वहाबमा परी बगेका हुन् । ब्रह्मदेवस्थित महाकाली नदीको घाटमा बगेर बेपत्ता साउदको खोजीका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

बिहान करीब ९ बजे बेपत्ता भएका साउदको खोजी  जारी रहेको सीमाचौकी ब्रह्मदेवका प्रहरी नायब निरीक्षक जनकराज जोशीले जानकारी दिए ।
 

सोमबार, ०१ भदौ २०७७, २२ : ०६

प्रतिक्रिया