युट्युबमा नेपालको राष्ट्रिय झन्डा जलाउँदै जातीय दंगा भड्काउने गीत सार्वजनिक ,केकस्तो हुन्छ त कारबाही ?

मंगलबार, ०२ भदौ २०७७, १४ : २७

सामाजिक सञ्जाल युट्युबमा नेपालको राष्ट्रिय झन्डा जलाउँदै जातीय दंगा भड्काउने गीत सार्वजनिक भएको छ  । 

मंगोल हव अफिसियलबाट युट्युव च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो । भदौ १ गते अपलोड गरिएको भिडियो हालसम्म १ लाख १० हजार बढीले हेरेका छन् । 

आपत्तिजनक शब्द र भिडियो फुटेज रहेको सो गीतमा नेपालको झण्डामा आगो लगाइएको छ भने ‘बाहुन क्षेत्री लुटेरा शरणार्थी’ भएको भन्ने जस्ता आपत्तिजनक शब्द प्रयोग गरेर नेपालबाट खेद्नुपर्छ भनिएको छ । 

मकवानपुरको सल्लेरीमा रहेको विष्णु आधारभूत माध्यामिक विद्यालयको प्राङ्गणमा नेपालका झण्डा जलाइएको भिडियोमा देखिन्छ । 
भिडियोको थम्नलेलमा देशद्रोही शरणार्थी बाहुन क्षेत्रीको हिन्दू झण्डा भन्दै जलाएपछि भन्ने शब्द राखिएको छ । जहाँ नेपालको झन्डा र पृथ्वी नारायण शाह, प्रचण्ड, ज्ञानेन्द्र शाह, विश्वेश्वरप्रसाद कोइराला लगायतका नेताको तस्विर पनि जलाइएको छ । 

देशद्रोही शीर्षक राखिएको सो भिडियोको तल गायकको परिचय दिएको छ । मंगोलियन ¥याप नाम दिइएको सो गीतका रचनाकार र गायक मंगोल ग्याल्जे लि र एटिएम, भाषा खस र राष्ट्रियता नेपाली लेखिएको छ । गीतमा ९ सय जनाले लाइक गरेका छन् भने ४४ हजारले डिस्लाइक गरेका छन् । अहिलेसम्म प्रहरी प्रशासन भने गीतबारे बेखबर जस्तै बनेको छ ।

शासन भने गीतबारे बेखबर जस्तै बनेको छ ।

मंगलबार, ०२ भदौ २०७७, १४ : २७

प्रतिक्रिया