राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।
बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ : ५५ बजे नि’धन भएको हो ।
उनको जन्म वि.सं १९७६ असोज ७ गते भएको थियो । लमजुङ जिल्लाको पुस्तुन गाउँ जन्मिएका हुन् ।
उनी जन्मिएको तीन वर्षमा उनकी आमा बितिन । ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे ।
११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म अध्ययन गरेका थिए ।
प्रतिक्रिया