तुलसीपुर उपमहानगरपालिकाद्वारा समयमै विकास निर्माण गर्न योजना ‘क्यालेन्डर’

बुधबार, ०३ भदौ २०७७, ०९ : १५

दाङको तुलसीपुर उपमहानगरपालिकाले समयमै विकास निर्माणको काम पूरा गर्न योजना क्यालेन्डर निर्माण गर्ने भएको छ ।

चालू आर्थिक वर्षभित्र सञ्चालन हुने योजनालाई समेटेर क्यालेन्डर निर्माण गर्ने भएको हो ।

समयमै योजनाको डिपिआर र लगत स्टिमेट नबनेका कारण वर्षको अन्त्यमा मात्रै योजना सम्पन्नको चटारो हुने भएको भन्दै उपमहानगरपालिकाले यस्तो योजना अगाडि बढाएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।
 
उनले जनशक्ति भए पनि काममा प्रतिफल आउन सकेको अवस्था नभएको भन्दै अहिले उपमहानगरपालिकामा पर्याप्त जनशक्ति भएकाले सोहीअनुसार प्रतिफल देखाउन अनुरोध गरे । उनका अनुसार अहिले उपमहानगरपालिकामा १६ सिभिल इञ्जीनियर, १२ सवइञ्जीनियर, १६ असिस्टेन्ट सवइञ्जीनियर र १२ जना अमिन रहेका छन् । अहिले हरेक वडावडामा प्राविधिक जनशक्ति पठाएर उपमहानगरपालिकाले वडाबाटै प्राविधिक काम अगाडि वढाइरहेको छ ।

प्रमखु पाण्डेले ठूला योजनाका लागि विस्तृत परियोजना निर्माण एकाइ गठन गरेर काम गर्ने पनि बताए । समयमै योजनाको डिपिआर र प्राविधिक स्टिमेट नहुँदा जनताले दःुख पाइरहेको भन्दै यस्तो हुन नहुने उनको भनाइ छ । 
 

बुधबार, ०३ भदौ २०७७, ०९ : १५

प्रतिक्रिया