एक हप्ताका लागि अर्घाखाँचीमा लकडाउन

बुधबार, ०३ भदौ २०७७, १४ : ३१

जिल्लामा आज बिहान ६ बजेदेखि एक हप्ताका लागि स्थानीय प्रशासनले लकडाउन गरेको छ । कोराना सक्रमण बढ्दो रूपमा देखिएपछि जिल्ला प्रशासन कार्यालयको संयोजनमा भएको सर्वपक्षीय बैठकले  लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए  । 

जिल्लामा हाल तीन कोरोना संक्रमित छन् । संक्रमित हुनेमा भूमिकास्थान नगरपालिकाका दुई र  शीतगंगा नगरपालिकाका एक पुरुष छन् ।  उनीहरु हाल स्थानीयत हले निर्माण गरेको क्वारेन्टिनमा बसेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताए ।

जिल्लामा रहेका  ३३० संक्रमितमध्ये तीन जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए । निको भएर घर फर्कनेको संख्या ३२४ छ । जिल्ला बाहिर तथा भारतबाट आएका १६१ जना विभिन्न क्वारेन्टिनमा बसेका छन् । 
 

बुधबार, ०३ भदौ २०७७, १४ : ३१

प्रतिक्रिया