लिदी पहिरोः मृतकको संख्या २९ पुग्यो

विहीबार, ०४ भदौ २०७७, १४ : २७

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । आज १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ,  पाँच वर्षीय सानुकान्छा दोङ र ४४ वर्षीय हीराबहादुर दोङको शव भेटिएपछि मृतकको सङ्ख्या बढेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । 
    
पहिरामा बेपत्ता १० जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी  भइरहेको प्रहरीले जनाएको छ ।
 

विहीबार, ०४ भदौ २०७७, १४ : २७

प्रतिक्रिया