तीजको दिन यस्तो आयो सुनचाँदीको मुल्य

शुक्रबार, ०५ भदौ २०७७, ११ : २८

काठमाडौं – शुक्रबार अर्थात् तीजको दिनको नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजोको मुल्यमा नै आज सुनको कारोबार गर्न सकिने बताएको हो । 
महासंघका अनुसार हिजो सुनको मुल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ थियो । आज पनि सोही मुल्यमा कारोबार गर्न सकिने छ । 
यस्तै, तेजावी सुनको पनि प्रतितोला रु. ९८ हजार ३००  मा कारोबार गर्न सकिने महासंघको भनाइ छ । 
तर, आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँल बढेको छ । हिजो चाँदीको मुल्य प्रतितोला १ हजर ३६० रुपैयाँ तोकिएको थियो । आज भने रु. १ हजार ३७० मा चाँदीको कारोबार गर्न सकिने छ । 

शुक्रबार, ०५ भदौ २०७७, ११ : २८

प्रतिक्रिया