नारायणगढ –मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध

शनिबार, ०६ भदौ २०७७, ०७ : ४८

सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका  वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो ।

पहिरो खसेसँगै  सडक पूर्णरुपमा अवरुद्ध भएको  प्रहरीले जनाएको छ । केही बेरमा पहिरो पन्छाउने काम शुरु हुने जनाइएको छ ।

पहिरो खसेसँगै अत्यावश्यक भएर गुडेका सवारी साधन रोकीएका छन् ।

शनिबार, ०६ भदौ २०७७, ०७ : ४८

प्रतिक्रिया