अन्नपूर्ण गाउँपालिकामा ʿएक व्यक्ति, एक माक्सʾ अभियान

शनिबार, ०६ भदौ २०७७, ०८ : ४९

कोभिड–१९ को सङ्क्रमण बढीरहेका अवस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिका ʿएक व्यक्ति, एक माक्सʾ अभियान सहित जनताको घरदैलोमा पुगेको छ ।

गाउँपालिकालाई कोरोना भाइरसको सम्भाव्य जोखिमबाट जोगाउने लक्ष्यका साथ एक व्यक्ति एक माक्स अभियानलाई अनिवार्य गराउँदै ११ वटै वडामा पुगिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए ।

उनका अनुसार गाउँपालिका भित्र हालसम्म ३५ हजार माक्स वितरण गरिसकिएको छ भने थप ३५ हजार वितरण गर्ने तयारी गरिएको छ ।

 भाइरसको सङ्क्रमणबाट जोगिनका लागि  सर्वसाधारणलाई सचेत गराउन यसको जोखिम, बच्ने उपाय लगायतका विषय समेटिएको एक हजार ५०० ब्रोसर वितरण गरिएको उनले बताए ।

 स्वास्थ्य सजगता र हात धुन सर्वसाधारणलाई अभिप्रेरित गर्न सात हजार ३० वटा साबुन वितरण गरिएको छ ।

अभियानमा जनप्रतिनिधि, टोल विकास संस्था, आमा समूह, विद्यालयका शिक्षक लगायतलाई परिचालन गरिएको छ । अभियान प्रभावकारी बनेको उल्लेख गर्दै अध्यक्ष कुँवरले सर्वसाधारणको भाइरसप्रतिको सजगता बढेको बताए ।

शनिबार, ०६ भदौ २०७७, ०८ : ४९

प्रतिक्रिया