नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

शनिबार, ०६ भदौ २०७७, १३ : ५७

सुक्खा पहिरो खसेपछि अवरुद्ध  नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८ः१० बजेदेखि सडक सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका–५ को ३ नं पुल नजीक गएराति सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । 

पहिरो खसेसँगै रोकिएका अत्यावश्यक सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।  
 

शनिबार, ०६ भदौ २०७७, १३ : ५७

प्रतिक्रिया