सरकारी अस्पतालले नै मान्दैनन् सरकारको कानुन बिना अनुमति डिप बोरिङ सञ्चालनमा

५ बर्ष अगाडि

काठमाडौं । वीर, अस्पताल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र पाटन अस्पतालले सरकारसँग अनुमति नै नलिइ अस्पताल हाता भित्र ठूला क्षमतामा डिप बोरिङ सञ्चालन गर्ने गरेको पाइएको छ ।

खानेपानी मन्त्रालयले गरेको पछिल्लो अनुगमनको क्रममा कुने स्वीकृति नै नलिइकन डिप बोरिङ चलाएको र त्यस्ता अस्पताललाई कानुनी दायरामा ल्याउन कानूनको समेत अभाव रहेको पाइएको छ ।

काठमाडौँ उपत्यकाभित्र रहेका ती अस्पतालले फोहोर पानी प्रशोधन नगरीकन सिधै ढलमा मिसाउने गरेको समेत अनुगमनको क्रममा भेटिएको छ ।  अस्पतालबाट उत्पन्न हुने फोहर पानी प्रशोधन गरेर मात्रै ढलमा पठाउनुपर्ने व्यवस्था भए पनि त्यसो नगरिएको पाइएको छ । ।

वीर अस्पतालले दैनिक १ लाख २० हजार लिटर पानी भूमिगत स्रोतबाट प्रयोग गर्ने गरेको छ । अस्पतालले दैनिक माग धान्न भूमिगत स्रोतबाट पानी तानेको छ । तर अस्पतालमा जडान गरिएको डिप बोरिङ सञ्चालनका लागिसमेत अनुमति भने लिएको छैन ।

यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले ४ वटा डिप बोरिङ सञ्चालनमा ल्याएको भए पनि एउटाको मात्रै अनुमति लिएका छ ।  दैनिक ८  लाख लिटर पानी भूमिगत स्रोतको प्रयोग गरेको भएपनि फोहोर पानी व्यवस्थापनमा लापरवाही गरेको छ ।

त्यस्तै पाटन अस्पतालले अनुमति नै नलिईकन डिप बोरिङ सञ्चालनमा ल्याएको छ । दैनिक ४  लाख लिटर पानी भूमिगत स्रोतबाट प्रयोग गरिएको भएपनि तरल फोहोर व्यवस्थापन नगरेको पाइएको छ ।

 त्यस्तै नमूना बस्ती हात्तीवनले समेत अनुमति नलिई भूमिगत स्रोतको पानी उपयोग गरेको छ । दैनिक ४० हजार लिटर पानी प्रयोग हुने गरेको छ । फोहर पानीको व्यवस्थापनपछि मात्रै खोलामा पठाइएको अनुगमनका क्रममा देखिएको छ ।

यस्तै सेन्ट्रल विजनेश पार्कबाट निस्कने फोहोर पानी  सिधै ढलमा मिसाएको छ ।  उक्त व्यापारिक संस्थाले दैनिक ४० हजार लिटर पानी प्रयोग गर्दै आएको छ ।

 

    

५ बर्ष अगाडि

प्रतिक्रिया