दाङमा हालसम्म  ६ सय ७५ जना संक्रमणमुक्त

मंगलबार, ०९ भदौ २०७७, १३ : २४

दाङको स्वास्थ्य कार्यालय अनुसार हालसम्म ७ सय २८ जना संक्रमित भएकामध्ये ६ सय ७५ जना कोरोनामुक्त भएका छन ।

हाल दाङमा ५० जना संक्रिय संक्रमितहरु आइसोलेशनमा रहेका छन् । दाङमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा २ सय ८० जना संक्रमित भेटिएकोमा २ सय ७१ जना निको भई घर फर्किएका छन ।

त्यसतै, बंगलाचुली गाउँपालिकामा एक सय ६० जना संक्रमित पुष्टि भएकोमा सबै निको भैसकेका छन् भने दंगिशरण गाउँपालिकामा ५ जना संक्रमित पुष्टि भएकामध्ये ५ जना नै कोरोना मुक्त भएका छन् ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकामा ७८ जनामा  कोरोना संक्रमण देखिएको र ६५ जना निको भैसकेका छन् । गढवामा ४५ जनामा संक्रमण पुष्टि भएका मध्य ४३ जना निको भएका छन् भने शान्तिनगरमा ३५ जनामा संक्रमण देखिएकोमा २५ जना कोरोना मुक्त भएका छन् ।

लमही नगरपालिकामा ३५ जनामा संक्रमण पुष्टि भएको र २९ जना कोरोना मुक्त भएका छन् । यसैगरी, राप्ती गाउँपालिकामा ३४ जनामा संक्रमण पुष्टि भएका मध्य ३२ जना निको भएका छन् ।

बबईमा ३२ जनामा संक्रमण पुष्टि भएकोमा २७ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिए । राजपुरमा २० जनामा संक्रमण पुष्टि भएको थियो भने ती मध्ये १९ जना निको भएका छन् ।

मंगलबार, ०९ भदौ २०७७, १३ : २४

प्रतिक्रिया