अधिकांस सार्वजनिक निकायमा तथ्यांक र सूचना अद्यावधिक नगर्ने र गरीहाले पनि सार्वजनिक नगर्ने ठूलो समस्या छ । यसबाट सम्बन्धित निकायको दैनिक काममा असर पर्नुका साथै तालुक अड्डाले मागेको जानकारी समयमै जानकारी नपठाउने र पत्रकारले मागेको सूचना नदिएर हैरानी खेप्नुपरेको छ ।
तर सरकारी तहमा हुने यो हैरानीको अन्त्य गर्दै स्थानीय सरकारको रुपमा रहेको गुल्मीको गुल्मीदरबार गाउँपालिकाले समयमै आफै सम्पूर्ण सूचनाहरु सार्वजनिक गर्ने कार्यको शुरुवात गरको छ ।
गाउँपालिकाले मासिक विद्युतीय बुलेटिन प्रकाशित गर्दै कार्यपालिकाका सम्पूर्ण विषय सार्वजनिक गर्न शुरुवात गरेको हो । पालिकाका हरेक कृयाकलापलाई पारदर्शी बनाई नागरिकलाई जानकारी गराउने उद्धेस्यले ई–बुलेटिन प्रकाशन गरेको गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले बताए ।
‘पालिकाको समग्र कर्मचारी प्रशासनलाई चलायन बनाउन, कर्मचारीलाई आफ्नो कामप्रति जिम्मेवार र जवाफदेही बनाउनको लागि गाउँ कार्यपालिकाको कार्यालयका विभिन्न गतिविधिहरु समेटेर मासिक रुपमा ई–बुलेटिन प्रकाशन शुरु गरीएको हो’, उनले भने ।
बुलेटिनमा जनप्रतिनिधि तथा कर्मचारीको विवरणका साथै जिम्मेवारीको विषयमा समेत जानकारी गराइएको छ । बुलेटिनमा गाउँपालिकाको परिचय, ऐतिहासिक पृष्ठभूमी, जनसंख्या तथा मूख्य जातजाती, शाखागत कर्मचरी र उनीहरुको कार्य विवरण, मासिक रुपमा गाउँपालिकाले गरेका कामहरु, ऐन÷कानून तथा निर्देशिका सम्बन्धी जानकारी, सेवा प्रवाह, लाभान्वितको तथ्याक तथा राजश्व विवरण, आम्दानी तथा खर्च विवरणका साथै कर्मचारीको मासिक हाजिरी र विदा विवरण समेत सार्वजनिक गरीएको छ ।
पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा लक्ष्मण पाण्डे आएपछि पालिका पारदर्शीताको अभियान शुरु गरको जनप्रतिनिधि तथा कर्मचारीको भनाई छ ।
गाउँपालिकाको परिचयदेखि मासिक रुपमा भए गरेका मूख्यमूख्य काम सहितका सम्पूर्ण विवरण उक्त बुलेटिनमा सार्वजनिक गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।
‘जनताका केन्द्रमा राखी जनताको अधिकतम हितको लागि संचालन गरेको विभिनन गतिविधिहरुको जानकारी सम्बन्धित सरोकारवालाहरुलाई उपलब्ध गराउँदा सबैले सूचना पाउने संवैधानिक हकको प्रत्याभूति गराउन र सूचनाको हक सम्बन्धी ऐन तथा नियमावलीको कार्यान्वयन गर्नका लागि हामीले यो कामको शुरुवात गरेका हौँ’, प्रमख प्रशासकीय अधिकृत पाण्डेले भने, ‘पालिकाको विभिन्न शाखाबाट सम्पादन भएका कृयाकलापहरुको बारेमा सबैलाई सुसूचित गरी कर्मचारीलाई जिम्मेवारीबोध तल्याई, पारदर्शिता र जवाफदेहिता कायम गरी प्रभावकारी सेवा प्रवाहका लागि सहयोग पुग्ने विश्वास छ ।’
उनका अनुसार पालिकाले बुधबार सूचनाको हक सम्बन्धि ऐन अनुसारका विवरण सार्वजनिक गर्ने बताए । ऐनको दफा ५ को उपदफा (३) अनुसार सार्वजनिक निकायले विभिन्न १३ प्रकारका सूचना तथा नियमावली २०६५ अनुसार विभिन्न ७ प्रकारका सूचना त्रैमासिक रुपमा सार्वजनिक गर्नुपर्ने भनिएको छ । तर गाउँपालिकाले ति सबै सूचना मासिक रुपमै प्रकाशित गर्र्न प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।
प्रतिक्रिया