डोकेबजारसहित आसपासको क्षेत्र पूर्णरूपमा बन्द

बुधबार, १० भदौ २०७७, ०७ : ४७

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार तथा आसपासको क्षेत्र पूर्णरूपमा बन्द गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सूचना जारी गर्दै गए राति १२ बजेदेखि १४ गते राति १२ बजेसम्मका लागि डोकेबजार क्षेत्र पूर्णरूपमा बन्द गरेको हो ।
 
कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोकथाम, नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि डोकेबजार तथा आसपासको क्षेत्र पूर्णरूपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । 

बन्दको अवज्ञा गरेको पाइए सङ्क्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानूनबमोजिम कारवाही हुने उनले बताए ।
 
राजश्व छलीका झण्डै दुई लाखको सामान बरामद 

कञ्चनपुरको महाकाली नगरपालिका–१ गढीगोठ क्षेत्रबाट मङ्गलबार प्रहरीले राजश्व छलेर ल्याउँदै गरेको रु एक लाख ९२ हजार मूल्य बराबरको सामान बरामद गरेको छ । 

सीमा सुरक्षा तैनाथ सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरेको ठूलो परिमाणको किराना र हार्डवेयरको सामान बरामद गरेको हो । 

दुई मोटरसाइकलमा भारतबाट ल्याउँदै गरेको सामान बरामद गरिएको सशस्त्र प्रहरी शैलेश्वरी झलारीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए ।

तस्करहरु सशस्त्र प्रहरीलाई देखेपछि सामान र मोटरसाइकल छाडेर भागेको उनको भनाइ छ । 

बरामद सामान र मोटरसाइकल भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।
 

बुधबार, १० भदौ २०७७, ०७ : ४७

प्रतिक्रिया