नारायणगढ–मुग्लिन सडक अवरुद्ध

विहीबार, ११ भदौ २०७७, ०८ : २६

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । 

इलाका  प्रहरी कार्यालय मुग्लिनका  अनुसार  चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो । 

पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
 

विहीबार, ११ भदौ २०७७, ०८ : २६

प्रतिक्रिया