सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो

विहीबार, ११ भदौ २०७७, ११ : १७

नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । 
यस्तै तेजावी सुन तोलामा ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छ । 
यस्तै चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

विहीबार, ११ भदौ २०७७, ११ : १७

प्रतिक्रिया