कोरोना संक्रमीत गर्भवती महिलाको मृत्यु

विहीबार, ११ भदौ २०७७, ११ : ५१

बाराको सुवर्ण गाँउपालिका वडा नम्बर ४ बस्ने एक गर्भवती महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । 
मृत्यु हुनेमा  २३ वर्षीय महिला रहेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिए । 
भदौ ८ गते स्वाब संकलन गरेर नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा पठाएकोमा १० गते उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । 
नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा भर्ना भएकी उनको उपचारको क्रममा बिहीबार बिहान ६ बजेर ३० मिनेटमा उनको मृत्यु भएको हो ।

विहीबार, ११ भदौ २०७७, ११ : ५१

प्रतिक्रिया