कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु

शुक्रबार, १२ भदौ २०७७, ११ : ३५

चितवन मेडिकल कलेजमा उपचाररत्  ७७ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । 

मृतक महिला हेटौडा उपमहानगरपालिका–१९ का रहेकी बताइएको छ ।   

स्वाशप्रश्वास सम्वन्धि समस्याका कारण  यही भदौ ७ गते कलेजमा उपचारका लागि आएकी महिलामा  भदौ ९ गते सङ्क्रमण पुष्टि भएको थियो । उनीको उपचारका क्रममा आज विहान मृत्यु भएको कलेजका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिए । 

यससँगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङख्या छ पुगेको छ । एक वृद्धाको घरमा नै मृत्यु भएको थियो । जिल्ला भित्र कोरोनाका कारण तीनको मृत्यु भएको छ भने अन्य एक  कैलाली र तीन मकवानपुरका रहेका बताइएको छ । 
 

शुक्रबार, १२ भदौ २०७७, ११ : ३५

प्रतिक्रिया