सुख्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

शुक्रबार, १२ भदौ २०७७, ११ : ४९

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । 

सडक भन्दा माथिको डाँडाबाट सुख्खा पहिरो खस्दा आज विहान १० बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो हटाएर राजमार्ग सुचारु गराउन डेढ घण्टा लाग्ने  कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । 

“सुख्खा पहिरोले राजमार्गमा ठूला ठूला ढुङ्गा खसेका छन् । यसलाई हटाउने प्रयास भइरहेको छ,” उनले भने ।
 

शुक्रबार, १२ भदौ २०७७, ११ : ४९

प्रतिक्रिया