पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

शनिबार, १३ भदौ २०७७, १२ : १७

पाटन अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी ५१ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया रहेका छन् । 


उनीहरु दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो । पाटन अस्पतालका निर्देशक डा। रवि शाक्यले दुवैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको पुष्टि गरे । 


उच्च रक्तचापको समस्या रहेकी काठमाडौँकी महिला ३० साउनमा पाटन अस्पतालमा भर्ना भएकी थिइन् । उनको शुक्रबार राति १० बजेको समयमा मृत्यु भएको शाक्यले बताए ।

भक्तपुरकी महिला ८ भदौमा अस्पताल भर्ना भएकी थिइन् । डा। शाक्यका अनुसार उनको शनिबार बिहान ६ बजे मृत्यु भएको हो ।

 

शनिबार, १३ भदौ २०७७, १२ : १७

प्रतिक्रिया