धरानमा २ कोरोना संक्रमितको मृत्यु

आइतबार, १४ भदौ २०७७, १२ : ४०

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृतकमा धरान–१७ की ७४ वर्षीया महिला र धरान–१७ कै ६० वर्षीय पुरुष रहेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए । 
उनका अनुसार ७४ वर्षीया महिलाको आइतबार बिहान ८ बजेर ३० मिनेटमा भएको हो भने उनमा अत्यधिक खोकी, श्वास प्रस्वासमा समस्याका साथै एक हप्तादेखि उच्च ज्वरो रहेको थियो । 
यस्तै ६० वर्षीय पुरुष्मा पनि अत्याधिक  खोकी, श्वास फेर्न समस्याका साथै ज्वरो देखिएको थियो भने मधुमेश र कलेजोमा समेत समस्या रहेको थियो ।

उनको अइतबार बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको थियो । मृतक दुबैमा आइतबारमात्रै कोरोना पोजेटिभ देखिएको बताइएको छ । शवको व्यवस्थापनि नियमानुसार गर्ने तयारी थालिएको प्रतिष्ठानले जनाएको छ ।

आइतबार, १४ भदौ २०७७, १२ : ४०

प्रतिक्रिया