लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

आइतबार, १४ भदौ २०७७, १४ : ५०

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना सङ्क्रमितको आज अपराह्न मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको आज १२ः३० बजे उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

उच्च ज्वरो र  श्वासप्रश्वासमा समस्या देखिएपछि आज बिहान ४।३५ बजे अस्पतालको फिभर क्लिनिकमा स्वास्थ्य जाँच र पिसिआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही क्लिनिकको आइसोलेशनमा भर्ना भएका सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

कोरोना सङ्क्रमित मृतकमा दीर्घरोगका रुपमा मुटुरोग, मधुमेह र उच्च रक्तचाप रहेको अस्पतालले जनाएको छ । यससँगै रुपन्देहीमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुने नौ जना पुगेका छन् ।
 

आइतबार, १४ भदौ २०७७, १४ : ५०

प्रतिक्रिया