रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया कोराना संक्रमणबाट होम होम आइसोलेसन बसेकी एक महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसेकी थिइन् । भदौ ११ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया