दुई महिला कोरोना सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन

सोमबार, १५ भदौ २०७७, १८ : ००

नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् ।    काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका व्यक्ति सम्पर्कविहीन भएका हुन् । कोरोना जाँचका लागि उनीहरुले काठमाडाँैमा स्वाबको नमूना दिएको र  ठेगाना ‘नुवाकोट, वडा नं ३’ उल्लेख गरे पनि अधुरो भएकाले सम्पर्कमा ल्याउन कठिन परेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । 
 
कार्यालयका सूचना अधिकृत उत्तम खनालका अनुसार नमूना दिँदा फोन नं उल्लेख नगरेको र ठेगानामा स्थानीय तहको नाममा जिल्लाको मात्र नाम समावेश भएकाले सङ्क्रमितलाई सम्पर्कमा ल्याउन कठिन परेको छ । कार्यालयले स्थानीय तहका जनप्रतिनिधि र प्रहरी एकाइलाई सङ्क्रमण देखिएका  व्यक्तिको नाम र उमेरअनुसार मिल्दो विवरण देखिएमा सूचना दिन आग्रह गरेको छ । 
 

सोमबार, १५ भदौ २०७७, १८ : ००

प्रतिक्रिया