कोरोनाबाट भैरहवामा एक महिलाको मृत्यु

बुधबार, १७ भदौ २०७७, १० : १६

कोरोना भाइरस सङ्क्रमित एक महिलाको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । 

भीम अस्पताल अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलका अनुसार रामग्राम–५ नवलपरासी स्थायी घर भएकी ६५ वर्षीय महिलाको गए राति मृत्यु भएको हो ।

कोरोना पोजिटिभ देखिएपछि बुटवलमा उपचार गराइरहेकी ती महिलालाई आइसीयु आवश्यक रहेकाले तीन दिनअघि भीम अस्पतालमा भर्ना गरी उपचार भइरहेकामा गए राति मृत्यु भएको डा पोखरेलले जानकारी दिए ।

 हाल भीम अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । डा पोखरेलका अनुसार आइसीयुमा चार र सामन्य वार्डमा १७ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । 
 

बुधबार, १७ भदौ २०७७, १० : १६

प्रतिक्रिया