पहिरामा पुरिएर मृत्यु

बुधबार, १७ भदौ २०७७, १२ : ०७

तिनाउ गाउँपालिका–३ स्थित श्रीडाँडामा ढुङ्गासहितको पहिरो खस्दा गए राति एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा माथागढी गाउँपालिका–७ रहवासकी २९ वर्षीया समीक्षा सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिए ।

 
पहिरो खस्दा घाइते भएकी सोमैको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रउ गिरीले बताए ।

सोमैकी तीन वर्षीया छोरी करिष्मा  पहिराले च्यापेर घाइते भएकी छन् । उनको लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ । 

बुधबार, १७ भदौ २०७७, १२ : ०७

प्रतिक्रिया