करेन्ट लागेर एकको मृत्यु

बुधबार, १७ भदौ २०७७, १६ : ५८

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ ।  घरमा ट्रस लगाउने क्रममा करेन्ट लागेर कावासोती नगरपालिका –९ बस्ने ४० वर्षीय  लक्ष्मीप्रसाद महतोको अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद खाँणले बताए ।

कावासोती –२ का कमलप्रसाद पौडेलका घरमा ट्रस लगाउने क्रममा जस्तापाताले विद्युत्को तार छुन पुग्दा करेन्ट लागेर घाइते भएका महतोलाई उपचारका लागि नवलपुर अस्पताल कावासोतीमा लगिए पनि मृत्यु भएको जनाइएको छ  ।
 

बुधबार, १७ भदौ २०७७, १६ : ५८

प्रतिक्रिया