जनकपुरधाम स्थित एक नीजि अस्पतालमा मंगलबार चार बच्चा जन्माएकी आमाको बुधबार दिउँसो मृत्यु

बुधबार, १७ भदौ २०७७, १७ : ५३

जनकपुरधाम स्थित एक नीजि अस्पतालमा मंगलबार चार बच्चा जन्माएकी एक आमाको बुधबार दिउँसो मृत्यु भएको छ ।

धनुषाको विदेह नगरपालिका वडा नम्बर ७ स्थित जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति शल्यक्रिया मार्फत एकैपटकमा चार बच्चालाई जन्माएकी थिइन् । एकैपटकमा चार वटा बच्चा जन्माएपछि उनको स्वास्थ्य अवस्था विग्रिएको थियो । उनको फोक्सोमा पानी तथा रगतको मात्रा जमेर पलमन्ड्री एडिमा देखिएपछि मंगलबार देखि नै गम्भिर रहेको डा. अजय यादवले जानकारी दिए । उनको उपचार भेन्टिलेटरमा राखेर भईरहेको थियो ।
 

बुधबार, १७ भदौ २०७७, १७ : ५३

प्रतिक्रिया