चितवनमा थप एक जना कोरोना सङ्क्रमणबाट मृत्यु

विहीबार, १८ भदौ २०७७, ०७ : ४०

चितवन मेडिकल कलेजमा उपचारत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । 

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् ।

अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भए पछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो ।

 भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनीको बुधबार राति १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 

योसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोर्खा, कैलाली र नवलपसारी सुस्ता पूर्वका १र१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

विहीबार, १८ भदौ २०७७, ०७ : ४०

प्रतिक्रिया