काठमाडौं – बिहीबार पनि सुनको मुल्य घटेको छ । बुधबार तोलामा १२०० ले घटेको सुनको मुल्य आज ७०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मुल्य ९६ हजार ५०० तोकेको छ । यस्तै, तेजावी सुनको मुलय ९६ हजार तोकिएको छ । हिजो सुनको मुलय प्रतितोला रु. ९७ हजार २०० थियो ।
यस्तै, चाँदीको मुल्य पनि २० रुपैयाँले घटेको छ । महासंघकाअनुसार आज प्रतितोला रु १ हजार ३४५ मा चाँदीको कारोबार भएको छ
।
प्रतिक्रिया