अत्यधिक रक्तश्राव हुँदा सुत्केरीको मृत्यु

शनिबार, २० भदौ २०७७, १८ : २६

जिल्लाको महाकुलुङ गाउँपलिकामा अत्याधिक रक्तश्रावका कारण  सुत्केरीको  अकालमा मृत्यु भएको छ । महाकुलुङ ३ ककी २८ वर्षीया रविमाया कुलुङको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि आचार्यले जानकारी दिए ।

उनका अनुसार आज बिहान छेस्काम स्वास्थ्चौकीमा नवजात शिशुलाई जन्म दिएकी कुलुङको रक्तश्राव नरोकिएपछि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ ल्याउँदै गर्दा पेल्माङ भन्ने स्थानमा  मृत्यु भएको हो ।
 

शनिबार, २० भदौ २०७७, १८ : २६

प्रतिक्रिया