गोरखामा कोरोनाबाट ७५ वर्षीया वृद्धाको मृत्यु

आइतबार, २१ भदौ २०७७, १२ : १३

काठमाडौं । कोरोनाभाइरसबाट गोरखामा एक ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

गोरखा नगरपालिका वडा नम्बर ७ धारापानी निवासी उनको शनिबार साढे ४ बजे मृत्यु भएको हो ।

ब्रेम ह्यामरेड भइ गोरखा अस्पतालको इमरजेन्सीमा लगिएकोमा उनले उपचारकै क्रममा मृत्यु भएको थियो । मृत्युपश्चात उनको नमुना लिएर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
 

आइतबार, २१ भदौ २०७७, १२ : १३

प्रतिक्रिया