वाग्मती प्रदेशसभाकी उपसभामुख राधिका तामाङ कोरोना सङ्क्रमणमुक्त भएकी छन । प्रदेशसभा सचिवालयका अनुसार उपसभामुख तामाङको केही हप्ताअघि पिसिआर परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र हाल उनि सङ्क्रमणमुक्त भएकी छन ।
हेटौंँडास्थित सरकारी निवासमा आफू होम आइसोलेशनमा रहेको उपसभामुख तामाङले जानकारी दिए । आफ्नो दोस्रो पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको र अहिले आफू र आफ्नो छोरा सङ्क्रमणमुक्त भएको उनले बताएकी छन ।
प्रतिक्रिया