काठममाडौं – सोमबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज पनि आइतबारको मुल्यमा नै सुनचाँदीको कारोबार गर्न सकिने छ ।
महासंघले आजका लागि सुनको मुल्य प्रतितोला रु. ९६ हजार १०० तोकेको छ । तेजावी सुनको मुल्य भने ९५ हजार ६०० रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको मुल्य प्रतितोला रु. १ हजार ३२० तोकिएको छ । हिजो पनि सुनचाँदीको मुल्य यही दरमा रहेको महासंघको भनाइ छ ।
प्रतिक्रिया