काठमाडौं उपत्यकामा भदौ ३ गते देखि लागू गरिएको निषेधाज्ञा भोलि (बिहीबार) देखि यातायात र व्यापार/व्यवसाय क्षेत्रका लागि खुल्ने भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालका अनुसार १६ सिट क्षमताभन्दा माथिका यातायातका साधनमा जोरबिजोर लागू गर्ने तथा सबै किसिमका निजी सवारीका साधानमा पनि जोरबिजोर नियम लागू गर्ने र व्यापार/व्यवसायलाई शर्तसहित खुल्ने टुंगोमा प्रशासन पुगेको छ । तर अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने दाहालले बताए ।
काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू हुनेछ । शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नहुन्जेल बन्द नै रहने छन् ।
उपत्यकाका तीनै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको अवधि बुधबार मध्यरातसम्म छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आधिकारिक निर्णय सार्वजनिक गर्ने तयारी गरिररहेका छन् ।
प्रतिक्रिया