घटे टेलिफोन प्रयोगकर्ता

३ बर्ष अगाडि

पछिल्लो समय टेलिफोन प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार टेलिफोन प्रयोगकर्ता घटेको देखिएको हो । १२ महिनाको अवधिमा ३८ लाख ४१ हजार ४ सय २४ को संख्याले टेलिफोन प्रयोगकर्ता घटेको हो । ०७६ साउनमा टेलिफोन प्रयोगकर्ता ४ करोड १७ लाख १ हजार ४२० थिए । ०७७ असारमा उक्त संख्या ३ करोड ७८ लाख ८५ हजार ९१६ मा झरेको आजको अन्नपूर्ण पोस्टमा खबर छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया