बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

विहीबार, २५ भदौ २०७७, ११ : ०९

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु ४०० बढेर ९६ हजार ८०० पुगेको छ । 
यस्तै तेजावी सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। 
यस्तै बिहीबार चाँदीको मूल्य बुधबारको तुलनामा रु १० बढेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १३१५ रुपैयाँमा कारोबार भएको थियो ।
 

विहीबार, २५ भदौ २०७७, ११ : ०९

प्रतिक्रिया