सरकारले घाेषणा गर्नुअघि किन प्रचार भयाे निजी ल्याबले पीसीआर परीक्षणको शुल्क घटाएको समाचार ?

३ बर्ष अगाडि

आईतबार दिउँसो चारबजेपछि स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पीसीआर परीक्षणको शुल्क घटाएको घोषणा गरे । 

सरकारी घोषणापछि आजदेखि सबै ल्यावले २ हजारमै पीसीआर गर्नुपर्ने बाध्यता छ । 

तर त्यो निर्णय सार्वजनिक हुनुभन्दा अगाडि काठमाडौंका मापदण्ड विपरीत सञ्चालन भएको एउटा ल्याप विध ल्यावले २ हजारमा पीसीआर परिक्षण गर्ने भन्ने समाचार सार्वजनिक भयो । 

पहिल्यै गरेको निर्णय सार्वजनिक गर्न नियमित प्रेस ब्रिफिङ कुर्ने स्वास्थ्य मन्त्रालयले सेटिङमा सञ्चालन गरिएका ल्याव र दलाललाई भने पहिल्यै सूचना चुहाएका कारण दलाललाई लोकप्रीय बन्ने मौका दिएका छन् । 

यसमा स्वास्थ्य मन्त्रालयका कर्मचारी र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सचिवालयको समेत संलग्नता रहेको स्रोतले आजको अर्थलाई बताएको छ । 

मापदण्ड नै पूरा नगरेको ल्याव मन्त्रीको सचिवालयको दवावमा सञ्चालन गरिएको हो, यसमा कमिसनको समेत खेल छ, स्रोत भन्छ, त्यसैले ४ बजे घोषणा हुने निर्णय पहिल्यै चुहाएर विधलाई लोकप्रीय बनाउन खोजियो । 

विध ल्याव सञ्चालन गर्ने सरकारी कर्मचारी भिमकान्त भण्डारी उर्जामन्त्रीको सचिवालयमा काम गरिरहँदा ल्याव सञ्चालन गरेका हुन् । उनले अहिले काज फिर्ता गरेर स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा गएका छन्। 

उक्त ल्यावले गत .. मा १० हजार जनाको कोरोना परिक्षण गरको भन्दै केक काटेर खुसीयाली मनाएको थियो । जनता कोरोनाको महामारीमा परेर चर्को शुल्कमा परिक्षण गराउन बाध्य भइरहेको बेला चर्को शुल्क असुलेको उक्त ल्यावले केक काटेर खुसीयाली मनाउनु मानवीय संवेदनाविपरीतको कुरा भएको भन्दै धेरैले आलोचना गरेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया