गण्डकी प्रदेशमा ४४  कोरोना सङ्क्रमित थप

सोमबार, २९ भदौ २०७७, १७ : ५१

गण्डकी प्रदेशमा ४४ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

थपिनेमा कास्कीको पोखरा महानगरपालिकाकाका ३४,  रुपा गाउँपालिकाका चार, तनहँुको शुक्लागण्डकीका छ, लमजुङको मध्य नेपाल नगरपालिकाका तीन र स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
    
यससँगै यो प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ६४ पुगेको निर्देशनालयले जनाएको छ ।
 

सोमबार, २९ भदौ २०७७, १७ : ५१

प्रतिक्रिया