बन्द भएको करिब ५ महिनापछि लामो दूरीका सवारी साधन असोज ५ गतेबाट खुल्ने भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले लामो तथा छोटो दूरीका सबै सवारी साधन असोज ५ गतेदेखि खोल्ने निर्णय गरेको हो ।
सवारी साधन सञ्चालन गर्दा स्वास्थ्यका सबै मापदण्ड पूरा खोल्ने निर्णय भएको बताइएको छ ।
आजको बैठकले आन्तरिक हवाई उडानपनि असोज ५ बाटै खोल्ने निर्णय गरेको छ ।
विश्वभर कोरोना भाइरसको महामारी बढ्न थालेपछि रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत १२ देखि सरकारले लामो दूरीका सवारी साधन बन्द गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया