आज पनि बढ्यो सुनचाँदीको मुल्य

मंगलबार, ३० भदौ २०७७, ११ : २३

काठमाडौं – सोमबार पनि सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ६०० रुपैयाँले बढेको हो । 
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ तोकेको छ, जुन हिजो भन्दा ६०० रुपैयाँले बढी हो । हिजो सुनको मुल्य प्रतितोला रु. ९६ हजार ९०० थियो । यस्तै, आजका लागि तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार तोकिएको छ । 
आज चाँदीको मुल्य पनि तोला २० रुपैयाँले बढेको छ । आजका लागि चाँदीको मुल्य प्रतितोला १३४० रुपैयाँ तोकिएको छ । हिजो यो धातुको मुल्य प्रतितोला १३२० रुपैयाँ रहेको थियो । 

मंगलबार, ३० भदौ २०७७, ११ : २३

प्रतिक्रिया