बहराइन राजकुमारसहित १८ जनाको टोली हिमाल आरोहण गर्ने आइपुगे नेपाल

भदौ ३१, २०७७ | आजको अर्थ
ajaako_artha

बहराइन अधिराज्यका राजकुमार नासिर बिन हामिद अल खलीफा सहित १८ जनाको टोली बुधबार नेपाल आएको छ । लोबुचे र मनास्लु हिमालको आरोहण गर्ने उद्देश्यसहित विशेष विमानमार्फत सो टोली नेपाल आएको हो । 

टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ जना समेत रहेका छन् । यस्तै अन्य २ जना रहेका छन् ।  बहराइनस्थित नेपाली दूतावासका अनुसार सो टोलीले लोबुचे र मनास्लु हिमालको आरोहण गर्ने उद्देश्य लिएको छ । टोली शेख इशा एयरबेसबाट विशेष विमानमा मंगलबार राति नेपालका लागि प्रस्थान गरेको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८