विदेशी मुद्रा भुक्तानी वालेटमार्फत

३ बर्ष अगाडि

सामाजिक सञ्जाल फेसबुक, युट्युबलगायतका माध्यमबाट आर्जन हुने विदेशी मुद्रा बैङ्किङ प्रणालीबाट ल्याउन अनलाइन वित्तीय सेवामार्फत पनि रकमान्तर गर्न सकिने नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कले सामाजिक सञ्जाल, ई–कमर्स लगायतका कारोबारबापत बैङ्क खातामा आउने रकम अनलाइन वित्तीय सेवामार्फत रकमान्तर गर्न सकिने जनाएको हो ।
भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बाहिरबाट केही काम गरेर यसरी बैङ्क खातामा ल्याइने रकम वालेटमार्फत पनि भुक्तानी गर्न सकिन्छ भन्ने कुरा बुझाउन सर्कुलर जारी गरिएको बताए ।
स्वदेशी बैङ्कको खातामा विदेशी मुद्रा प्राप्त भएपछि भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको ग्राहकको वालेटलगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिने उनले बताए । गोरखापत्रमा खबर छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया