संविधान दिवसमा एघार जना कैदीबन्दी मुक्त

३ बर्ष अगाडि

संविधान दिवसका अवसरमा कास्की कारागारबाट विभिन्न मुद्धाका एक महिलासहित ११ जना कैदीबन्दी आज मुक्त भएका छन् । नेपाल सरकारको ५० प्रतिशत कैद समय भुक्तानी गरेका कैदीबन्दीलाई संविधान दिवसका अवसरमा बाँकी समय माफी दिने निर्णयअनुरुप उनीहरु मुक्त भएका कास्की कारागारका प्रमुख केशव लामिछानेले जानकारी दिए  ।

उनका अनुसार सरकारले निश्चित कैद समय भुक्तान गरेका कैदीबन्दीलाई राष्ट्यि दिवस एवम् महत्वपूर्ण सन्दर्भका अवसरमा मुक्तानी गर्नुपर्ने बाँकी कैद समय  मिनाहा गर्ने गरेको छ । बाँकी कैद समय माफी हुनेमा कर्तव्य ज्यान मुद्दाका पाँच, सवारी ज्यान सम्वन्धी दुई, चोरी, आगलागी ज्यानमार्ने उद्योग, कर्तव्य ज्यान र जवरजस्ती चोरीका एक महिलासहित एक। एक जना गरेर ११ जना बन्दी मुक्त भएका हुन । कार्यलय प्रमरख लामिछानेका अनुसार कास्की कारागारमा अब विभिन्न मुद्धाका नौ सय २४ जना कैदीबन्दी रहेका छन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया