इजी ट्याक्सी नेपाल एप सञ्चालनमा : कसरी लिने सेवा ?

३ बर्ष अगाडि

काठमाडौं । कोरोनाभाइरसको महामारीका बिचमा देशभर सार्वजनिक यातायात र लामो दूरीमा संचालन हुने यातायातका साधन संचालनमा समस्या भईरहेको विषयलाई ध्यानमा राखेर इजी ट्याक्सी नेपाल एपले दशैंमा घर जाने व्यक्ति तथा परिवारहरुका लागि ट्याक्सी सेवा संचालनमा ल्याएको छ ।

विगत लामो समयदेखि उपत्यकाका ट्याक्सी व्यवसायीलाई व्यवस्थित, मर्यादित तथा सुरक्षित तरिकाले संचालन गर्नको लागि काम गरिरहेको छ ।

इजी ट्याक्सीको चाडवाड अफर, ट्याक्सी चढि दशैंमा गाउँघर नारासहित इजी ट्याक्सी नेपाल एपले ट्याक्सीमार्फत घरजाने सुबिधा सहितको बुकिङ्ग खुला गरेको हो । एपमार्फत नै यात्रुले आफूले चाहेअनुसार ट्याक्सी रिजर्भ तथा बुक गर्न सक्नेछन् ।

अहिलेको विषय परिस्थितीमा इजी ट्याक्सी नेपालले दशैंमा घरजाने नेपाली दाजुभाई दिदिबहिनीहरुलाई सुरक्षितरुपमा यात्रा गराउने उद्धेश्यले इजी ट्याक्सी नेपाल एपमार्फत बुकिङ्ग खुला गरेको छ । जसअन्तरगत इजी ट्याक्सी नेपाल एप डाउनलोड गरी काठमाडौंबाट कुन स्थानसम्म जाने र कुन दिन जाने भन्ने सुनिश्चित गरी यात्रा अग्रिम बुकिङ्ग गरि दर्ता गर्न सकिनेछ ।

कम्पनीले नेपालमा नै पहिलो पटक इजीट्याक्सी नेपाल एपमार्फत ट्याक्सी बुकिङ्ग गर्न सकिने सुबिधा ल्याएको इजी ट्याक्सी नेपाल एपका अध्यक्ष संजीत पौडेलले बताए ।

कोभिड १९ ले गर्दा मानिसहरु सुरक्षित यात्रा गर्ने माध्यम खोजिरहेका छन् । हामीले ट्याक्सीमार्फत सहजरुपमा सुरक्षित र स्वस्थ्यरुपमा दशैंमा मानिसहरु घर जानसकुन भनेर यो नयाँ सेवा शुरु गरेका हौं । यसले भरपर्दो र सुरक्षित यात्रा गराउन हामी कटिबद्ध छौं । अध्यक्ष पौडेलले भने ।

यसको लागि इजी ट्याक्सी नेपाल एपमा गएर यात्रुले आफ्नो सम्पूर्ण यात्राको बिबरण भरेर दर्ता गर्नुपर्नेछ भने सो दर्ताको आधारमा यात्रुको मोबाइल नम्बरमा म्यासेज प्राप्त हुनेछ । सो म्यासेज प्राप्त भएसँगै कम्पनीले यात्रुसँग व्यक्तिगतरुपमा बुकिङ्ग सुनिश्चित गर्नेछ ।

इजी ट्याक्सी नेपाल एपमार्फत यात्राको कति शुल्क लाग्ने र कुन स्थानसम्म जाने भनेर छनौट गर्न सकिनेछ भने यात्रुले ट्याक्सी बुक भए नभएको जानकारी र ट्याक्सी नम्बरको बारेमा समेत ट्र्याक गर्न सकिने सुबिधा रहेको छ ।

इजी ट्याक्सी नेपाल एपमा आबद्ध भएका ट्याक्सी चालकहरुलाई कम्पनीले यसअघि नै कोरोना बीमा समेत गरिसकेको छ भने सुरक्षित यात्रा गराउन स्यानिटाइजर, मास्क र पञ्जाको समेत व्यवस्था मिलाएको छ । यसका साथै इजी ट्याक्सी नेपाल एपमार्फत यात्रा गर्ने ट्याक्सीका यात्रुहरुको बीमा समेत गरिएको छ ।

इजी ट्याक्सी नेपाल एपमार्फत यात्रुहरुले सरकारी दररेटमा नै घरसम्म ट्याक्सी बुकिङ्ग गर्न र आरामदायी यात्रा गर्न सक्नेछन् । त्यसैले आजै बुकिङ्ग गरि सुरक्षित र भरपर्दो यात्राको लागि ढुक्क हुनुहोस् ।

इजी ट्याक्सी नेपाल एपमा हाल देशभरका ५ हजार भन्दा बढि ट्याक्सीहरु संचालनमा रहेका छन् । यसका साथसाथै यस सेवालाई डिजिटल प्रविधिमा लानका लागि माछापुच्छ«े बैंकसँग सेटलमेन्ट बैंक पार्टनरको सम्झौता समेत गरिसकेको छ ।

सेवाग्राहीहरुले हाल आफ्नो मोबाइलमा रहेको पुरानो एप अपडेट गरेर यो सुबिधा लिन सक्नेछन साथै अन्य सेवाग्राहीले भने एप डाउनलोड गर्नुपर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया