घट्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

आइतबार, ११ असोज २०७७, ११ : ५५

काठमाडौं – साताको पहिलो दिन अर्थात् आइतबार सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा रु. ६०० ले घटेको हो । 
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन मुल्य घटाएर निर्धारण गरेको हो । शुक्रबार सुनको मुल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ थियो । आज त्यो घटेर ९३ हजार ३०० रुपैयाँमा झरेको छ । 

यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ८०० रूपैयाँ तोकिएको छ । 
यसैगरि आज चाँदीको मुल्य पनि १० रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला ११६० रुपैयाँ थियो । आज त्यो घटेर ११५० रुपैयाँमा सिमित भएको छ । 

आइतबार, ११ असोज २०७७, ११ : ५५

प्रतिक्रिया