काठमाडौं – सोमबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारको मुल्यअनुसार नै आजका लागि सुनचाँदीको मुल्य तोकेको हो ।
महासंघकाअनुसार आज प्रतितोला रु. ९३ हजार ३०० मा सुनको किनमेल गर्न सकिने छ । यस्तै, तेजावी सुनको मुल्य ९२ हजार ८०० रुपैयाँ रहेको छ ।
यसैगरि, चाँदीको मुल्य प्रतितोला रु. ११५० तोकिएको महासंघको भनाइ छ ।
प्रतिक्रिया