थापाथलीको जाममा फसेको एक मोटरसाइकल र एक भ्यानलाई ठक्कर दिएर नर्भिक हस्पिटलको एम्बुलेन्स भागेको छ ।
बा १४ च ९३४१ नम्बरको एम्बुलेन्सले बा २२ प ६६२२ नम्बरको मोटरसाइकल र सञ्चारमाध्यमको भ्यानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्सको ठक्करबाट भ्यान माेटरसाइकल चालक घाइते भएका छन् । उनको खुट्टामा गम्भीर चोट लागेको छ ।
दुर्घटनालगत्तै एम्बुलेन्स भागेपनि पछि नर्भिकको एम्बुलेन्स रहेको खुलेपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ ।
एम्बुलेन्स चालक अक्कल गुरुङले जाममा रहेका सवारी साधनलाइ ठक्कर दिएपछि एम्बुलेन्समा कोरोनाका बिरामी रहेको भन्दै भागेका थिए ।
चालकले लापरबाहीपूर्ण ढंगले चलाउँदा एकाएक मोटरसाइकल र भ्यानलाई ठक्कर दिएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रतिक्रिया